कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षाफल प्रकाशित गरेकाे हाे ।

बाेर्डले गत वैशाख २६ देखि जेठ ५ गते  कक्षा १२ काे परीक्षा सञ्चालनल गरेकाे थियाे । परीक्षामा नियमित र ग्रेडबृद्धिसमेत गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा ५१.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बाेर्डले जनाएकाे छ ।


परीक्षामा त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका परीक्षा बोर्डले जनाएकाे छ । उनीहरूले माथिल्लाे तह अध्ययन गर्न पाउँदैनन् । कूल पूर्णाङ्ककाे ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राखिन्छ।  माथिल्लो तह अध्ययन गर्नका लागि उनीहरूले पुनः ग्रेडवृद्धिको परीक्षा दिइ उत्तीर्ण हुनु पर्ने बाेर्डले बताएकाे छ ।

प्रतिक्रिया