दाेर्दी गाउँपालिकाकाे नीति तथा कार्यक्रम, कृषि, पूर्वाधार र पर्यटनमा जाेड

बेसीशहर । लमजुङकाे दोर्दी गाउँपालिकाले पेश गरेकाे आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले आइतबार सम्पन्न दाेस्राे गाउँसभाकाे तेस्राे अधिवेशनमा आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।

अध्यक्ष अधिकारीले वडा कार्यालयको क्षमता विकास, स्रोत साधनमा बृद्धि र समग्र दाेर्दीकाे विकासका लागि नीति  तथा कार्यक्रमले बाेलेकाे बताए । नीति तथा कार्यक्रममा अाैद्याेगिग ग्राम स्थापना, कृषिकाे व्यावसायीकरण तथा आधुनीकिकरण, पालिकालाइ दूध, माछा र मासुमा आत्मनिर्भर बनाउने, पर्यटकीय क्षेत्रको विकास र होमस्टेको विकासका लागि नीति तथा कार्यक्रममा जाेड दिइएकाे छ ।

सर्वसाधारण जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका योजना तर्जुमा गर्ने, योजना तर्जुमा र कार्यान्वयनमा जनताको सहभागिता सुनश्चित गर्ने, मागमा आधारित र माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी नागरिकहरुलाई प्रत्यक्ष परिवर्तनको अनुभूति हुने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले पर्यटनलाई प्राथमिकतामा राख्दे बराहपोखरी, मेमे पोखरी, इलमपोखरी, दुधपोखरी, लिपेलेक, जुमडाँडा,हिलेटक्सार कोम्रोडाँडा, फलेनी आदिको संरक्षण गरी पदयात्रा मार्गको विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने नीति अबलम्बन गर्ने अध्यक्ष युवराज अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउन आवश्यक नीति तर्जुमा गर्ने र यसै बर्षबाट १५ शैयाको अस्पताल बनाउन जग्गा खरिद गरिने अधिकारीले बताए ।

नीति तथा कार्यक्रमकाे पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।


प्रतिक्रिया