गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त, पाण्डेलाइ मुख्यमन्त्री नियक्त गर्न सर्वाेच्च अदालतकाे परमादेश

मिलन शर्मा दनाई

काठमाडाैं, जेठ १४ गते । सर्वाेच्च अदालतले गण्डकी प्रदेशकाे मुख्यमन्त्री  खगराज अधिकारीलाइ पदमुक्त गरी पुनः कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाइ मुख्यमन्त्री नियक्त गर्न परमादेश जारी गरेकाे छ ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले खगराज अधिकारीलाइ मुख्यमन्त्री नियुक्त गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रदेश सभाले अधिकारीलाइ मुख्यमन्त्री नियुक्त गरेकाे र उनले विश्वासकाे मत समेत ३० जनाकाे बहुमतबाट मात्र लिएपछि  उनकाे नियक्ति संविधानको धारा १८८ को उपधारा ३ काे विपरित भएकाे भन्दै उनकाे नियक्ति बदरकाे माग गर्दै पाण्डेले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

उनकाे रिटमाथि सामेबार सुनुवाइ गर्दै सर्वाेच्चले गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१/०१/२३ मा भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको हाे । सर्वाेच्चले सभामुखसहित ३० जना प्रदेश सभा सदस्यकाे मतले मुख्यमन्त्री बनेका खगराजलाइ हटाएर ४८ घण्टाभित्र सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चले परमादेश दिएको हाे । सर्वाेच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले मुद्दाकाे सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले उनी पदमुक्त हुने फैसला सुनाएको हो ।

प्रतिक्रिया