बेसीशहर, असार १२ गते । गएरातीकाे पहिराेमा परी हराइरहेका लमजुङकाे क्व्होंलासोथार गाउँपालिका वडा नं. ३ बगुमका सबै चार जनाकाे शब फेला परेकाे छ ।
गएराती मध्यरातमा गएकाे पहिराेमा परी ४ जना बेपत्ता भएकामा बुधवार बिहान खाेजी गर्दा ६९ बर्षका रूद्रमान गुरूङ, उनकी बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षकी नम्रता गुरूङकाे शब फेला परेकाे हाे । पहिराे गए लगत्तै पुरिएर बेपत्ता भएका चारै जनाकाे शब फेला परेकाे क्व्हाेंलसाेंथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङले जानकारी दिइन् ।
तस्वीर साैजन्यः गंगा घले
पहिराेमा परेर बेपत्ता भएकाहरूकाे बिहान सबेरैदेखि स्थानीयले प्रहरीकाे सहयाेगमा खाेजी गरिएकाे थियाे । बेपत्ता भएकाहरूकाे खाेजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र मालिङ प्रहरी चाैकीबाट प्रहरीहरू खटिएका थिए । प्रहरीकाे सहयाेगमा क्व्हाेंलसाेंथार वडा नं. ३ मा पर्ने घलेगाउँ, बगुम, फुल्म्राे, खगुम लगायतका गाउँका बासीन्दाहरूले बिहानैदेखि बेपत्ताहरूकाे खाेजी गरेकामा शुरूमा रूद्रमानकाे शब भेटिएकाे थियाे ।
तस्वीर साैजन्यः गंगा घले
स्थानीयका अनुसार रूद्रमानकाे घर पछाडिकाे ढिस्काे भत्केर पहिराे गएकाे थियाे । पहिराेले तीनवटा घर बगाएर तीनसय मिटर तलसम्म पुगेकाे र बिहानैदेखि बर्षा जारी रहेकाले खाेजी कार्यमा कठिनाइ भएकाे थियाे ।
याेसंगै पहिराेमा परी लमजुङमा मृत्यु हुनेकाे संख्य ५ पुगेकाे छ । गएराती पहिराेमा परी दाेर्दी गाउँपालिका वडा नं. ९ का विकल वि.क.काे मृत्यु भएकाे थियाे ।
सम्बन्धित खबर
बगुम पहिराे अपडेटः बेपत्ता भएका रूद्रमानकाे शब फेला, बर्षाका कारण खाेजी कार्य प्रभावित
बगुम पहिराे अपडेटः बेपत्ता भएका रूद्रमानकाे शब फेला, बर्षाका कारण खाेजी कार्य प्रभावित
लमजुङकाे हिलेटक्सारमा पहिराेमा परी १ काे मृत्यु, क्व्हाेंलसाेंथारकाे बगुममा ४ जना बेपत्ता
बगुम पहिराे अपडेटः बेपत्ता भएका रूद्रमानकाे शब फेला, बर्षाका कारण खाेजी कार्य प्रभावित
मिलन शर्मा दनाई