काठमाडौं । साेमबार राती निधन भएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनलाई पशुपति आर्यघाटमा उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरे ।
नेम्बाङकाे सम्मानमा नेपाली सेनाको टुकडीले शोक धुन बजाएको थियो ।
नेम्बाङलाइ अन्तिम बिदाइ गर्न पशुपति क्षेत्रमा राजनीतिक दलका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेकपा एमालेका कार्यकर्ता तथा समर्थक र सयाैं सर्वसाधारण सहभागी भए ।
सोमबार मध्यराति घरकै शौचालयमा लडेर नेम्वाङकाे निधन भएकाे थियाे । उनलाइ तुरून्तै उपचारार्थ शिक्षण अस्पताल महाराजगञ्जमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।