दोर्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता, फलेनी माविलाइ उपाधि

खबरकुञ्ज

बेसीशहर, पुस ३ गते । लमजुङको दोर्दी गाउँपालिकामा आयोजित पालिकास्तरीय सातौ राष्ट्रपति रनिङशिल्ड फलेनी मावि बन्सारले उचालेको छ । 

दोर्दी गाउँपालिकामा आयोजित सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१  मा फलेनी मावि १४ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर प्रथम भएको हो । प्रतियागितामा लक्ष्मी मावि श्रीमञ्ज्याङले द्वितीय स्थान प्राप्त गरेको छ । उक्त विदालयले ६ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक जितेको छ । त्यसैगरि पाचोक मावि पाचोक  ३ स्वर्ण, ५ रजत र ४ कास्य पदक जिती तृतीय स्थान हासिल गर्न सफल भयो ।


प्रतियोगितामा प्रथम हुन सफल फलेनी माविले नगद २० हजार, रनिङ शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो र तेस्रो स्थानमा चित्त बुझाएका लक्ष्मी मावि र पाचोक माविले क्रमशः नगद १५ हजार, १० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

गत पुस १ गते भब्य समारोहबीच दोर्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरिएको हो । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगिता उनकै प्रमुख आतिथ्यमा बुधवार सम्पन्न भएको छ ।

बुधवार दोर्दीमा आयोजित एक समारोहबीच अध्यक्ष अधिकारीले विजयी विद्यालयका खेलाडीहरुलाई रनिङ शिल्डसहित पुरस्कार र प्रमाणपत्र वितरण गरे । गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक अम्बिका मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, विभिन्न वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीहरुको सहभागिता थियो ।

प्रतिक्रिया