ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गाउँशहरको विकासका लागि महापुराण आयोजना हुने

मिलन शर्मा दनाई

बेसीशहर, कार्तिक २४ । लमजुङको ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गाउँशहर क्षेत्रको समग्र विकासका लागि गाउँशहरमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

गाउँशहरको महिमलाई कायम राख्दै यो क्षेत्रको प्रचार प्रसार गरी ऐतिहासिक लमजुङ दरबार र नेपालकै धार्मिक आस्थाको केन्द्र रहे पनि ओझेलमा परेको यो क्षेत्रको विकासका लागि नागरिक स्तरबाट योगदान पु¥याउने जमर्को स्वरुप स्थानीयहरुको पहलमा धार्मिक अनुष्ठानको आयोजना गरिएको हो ।

यस सम्बन्धमा महोत्सवको सञ्चार तथा प्रचार प्रसार उपसमितिले सोमबार बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको छ । सो अवसरमा उपसमितिका संयोजक राजेन्द्र बोहराले धार्मिक जागरण मार्फत अर्थ संकलन गरी लमजुङ कालिका मन्दिर र गाँउशहर क्षेत्रको साँस्कृतिक, भौतिक, पर्यावरणीय र आर्थिक विकासलाई सहयोग गर्ने उद्देश्यले आउँदो मंसिर २ देखि १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको जानकारी दिँदै यसबाट लमजुङ कालिका मन्दिर र गाँउशहरको ऐतिहासिक धार्मिक र प्रकृतिक महत्वलाई प्रसार प्रसार गर्न धार्मिक अभियान मार्फत सामाजिक रीतिरिवाज, चालचलनको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने  विश्वास ब्यक्त गरे ।


गाँउशहरमा रहेको लमजुङ कालिका मन्दिर र लमजुङ दरवारले नेपालको इतिहास रचनाको सुरुवात गरेको भए पनि प्रचारप्रसार, सुचना एवं जानकारीको हिसावले ओझेलमा परेको सन्दर्भमा गाँउशहरको ऐतिहासिक, धार्मिक र प्रकृतिक सम्पदाको धार्मिक महोत्सव मार्फत प्रचार प्रसार गर्ने उद्धेश्यले बालचर्तुदशीको अवसरमा श्रीमद्भावगत महापुराण सप्ताह ज्ञान महायज्ञ संचालन गर्ने कार्यक्रम बनेको उनले बताए ।

महायज्ञमा समाजसेवी पण्डित दीपक प्रसाद पौडेलले श्रीमद् भागवत कथा वाचन गर्नेछन् । देवलीलासहितको संगीतमय भजन कीर्तनसहितको महायज्ञमा संकलन हुने दानदातब्यबाट लमजुङ कालिका मन्दिरको धार्मिक आस्था बृद्धि गर्न कोष स्थापना गर्ने र कोष परिचालन गरी कालिका मन्दिरमा दैनिक पुजारी, विश्राम स्थल, स्नान कक्ष, सदवहार फुलवारी, भक्तजन आवास कक्ष साथै गौशाला निर्माण र पर्यावरणको संरक्षण र विकासमा जोड दिने उद्देश्य राखिएको छ ।

कार्यक्रम अनुसार बालचतुअर्शीको दिन सतविज छर्ने कार्यक्रम हुनेछ । अनुष्ठानका क्रममा ग्रहशान्ति पुजा, चौराशी पुजा, अन्नदान, भुमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण, तुलादान, विवहा, ब्रतवन्ध गुन्योचोली, विवहात्सोव, जन्मोत्सव मनाउने जस्ता कार्य समेत गर्न सकिने छ ।

यसबाहेक धार्मिक महोत्सव सगै जोडेर समुदायमा आधारीत होमस्टे व्यवस्थापन गोष्ठी, गुणस्तरीय सार्वजानिक शिक्षा सम्वन्धी परीसम्बाद र लमजुङ कालिका मन्दिर र गाँउशहर क्षेत्र विकास योजना तर्जुमा सम्वन्धी गोलमेच सम्मेलन गरिने पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक बोहराले जानकारी दिए । 

यस धार्मिक अुनष्ठान सफल पार्न गाउँशहर कालिका मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष महेश भुजेलको संयोजकत्वमा १००१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।

धार्मिक महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउन गाँउशहर क्षेत्रको जनशक्ति र श्री लमजुङ माध्यमिक विधालय गाँउशहरवाट उत्पादन भएका अग्रजहरुलाई जन्मभुमि र विधाभुमिलाई १ दिन योगदान गरौं भन्ने अभियान संचालन गरिने, यससंगै जोडेर समुदायमा आधारीत होम स्टे व्यवस्थापन गोष्ठी, गुणस्तरीय सार्वजानिक शिक्षा सम्वन्धी परीसम्बाद र लमजुङ कालिका मन्दिर र गाँउशहर क्षेत्र विकास योजना तर्जुमा सम्वन्धी गोलमेच सम्मेलन गरिन आयोजकले जानकारी दिएको छ । 

महायज्ञलाई सफल बनाउन तत्कालीन गाँउशहर र छिमेकी गाविसहरु क्रमशः वेशीसहर, नाल्मा, पुरानाकोट, उदीपुर, बाझाखेत, चिती लगायत लमजुङ जिल्ला साथै नेपालका बैदेशिक रोजगारीमा रहेका महानुभावहरुलाई फोन र सामाजिक संजाल जोडी धार्मिक महोत्सवमा सहभागी हुन अनुरोध गरीने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

महायज्ञ अवधिभर गाँउशहर क्षेत्रलाई विशेष योगदान दिएका र दिनसकने समाजसेवी, वुद्धिजीवि र शासकीय सेवाको उच्च ओहदा रहनु भएको विशेष व्यक्तीत्वलाई आमन्त्रण गरी दैनिक प्रमुख अतिथि, विशेष अतिथि र अतिथिको रुपमा संम्बोधन र सम्मान गरीने छ । राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा ख्याति कमाएका स्थानीय कलकार, कवि, नृत्यकार, गीतकारको प्रस्तुतीलाई विच विचमा समिश्रण गर्ने र भक्तजनहरुको आवत जावतलाई सर्वसुलभ बनाउन यातयातको साधनलाई न्युनतम भाडादरमा बेशीसहरवाट आउने जाने ब्यवस्था समेत मिलाइने छ ।

भक्तजनहरुवाट लमजुङ कालिका मन्दिर र गाँउशहर क्षेत्र विकासको लागि प्रदान गरिने दान दातब्य, चन्दा साथै सहयोगलाई सुरक्षित र पारदर्शी बनाउन दैनिक बैंिकग सेवा लिने र महायज्ञ समापन भएको १५ दिन भित्र सार्वजानिक परीक्षण गरिने प्रतिबद्धता सो अवसरमा जनाइयो । कथा वाचन हुने मण्डपवाट भक्तजनको दान चन्दा र सहयोग रासीको आधारमा सम्मान तथा विभुषणवाट दानवीरलाई सम्मानित गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपाल वाईसे चौविसे राज्यमा विभाजन हुदा छुट्टै, स्वतन्त्र र शक्तिशाली राज्यको रुपमा रहेको लमजुङमा १६ शताब्दीसम्म घलेराजाहरुले रज्य गर्ने गर्थे । घले राजाहरुको शासनसंग असन्तुष्ट भई कुश्माकर घिमिरे, खजे दुरा, सुकमान काउछा लगायतले र गरेकामा वि.स.१५४० मा कास्की नुवाकोटवाट कालु शाहलाई ल्याएर राजा बनाइएकोमा उनको षडयन्त्रपूर्वक हत्या गरिए पछि पुनः कास्कीका राजकुमार यशोब्रह्म शाहलाई राजा वनाउन लमजुङ ल्याएको इतिहास छ । यशोब्रह्म शाहलाई सिन्दुरे ढुङ्गामा अविर जात्रा गरी राज्याभिषेक गराइएको इतिहास छ ।

उनै यशोब्रह्म शाहका कान्छा छोरा द्रब्य शाहले गोरखाको लिगलिगकोट हुँदै गोरखा विजय गरेका र उनका सन्तति पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रादुर्भाव गरेपछि अहिलेको नेपाल बनेको इतिहासमा उल्लेछ । ऐतिहासिक सन्र्दभलाई हेर्दा शाह वंशीय शासन प्रणलीको उदगम स्थलको रुपमा लमजुङ बनेको पाइन्छ र। यहाँवाट आरम्भ भएको शासन प्रणाली नेपाल एकिकरण हुदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने समय सम्म पुगेको देखिन्छ । 

यस ऐतिहासिक, पुरातात्विक र धार्मिक पुण्यभूमि, प्राकृतिक र सांस्कृतिक रुपमले समेत महत्वपूर्ण गाउँशहर क्षेत्रको समग्र विकासका लागि आयोजना गरिएको धार्मिक उत्सवमा सहभागी भइ सकेको सहयोग गरी यस क्षेत्रलाई देशकै नमूना ठाउँको रुपमा विकास गर्न सहयोग गर्न पत्रकार सम्मेलनमा आयोजक समितिले आह्वान गरेको छ ।

प्रतिक्रिया