ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु
बेसीशहर, माघ १५ गते । लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैंचीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पाचोक बेसीबाट कैँचीडाँडा तर्फ दाउरा लिन जाँदै गरेको ग १ त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान साढे ८ बजे दुर्घटना हुँदा त्यसमा सवार तनहुँ भानु नगरपालिका–९ बस्ने २७ बर्षीय किरण गुरुङको घटनस्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक दोर्दी गाउँपालिका–३ बस्ने ३० बर्षीय लाल बहादुर तामाङ भने, फरार छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए ।
बिहान १० बजे दुर्घटनाको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी मृतकको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेसीशहरमा ल्याएको छ ।
ट्याक्टर चालक जिल्ला लमजुङ दोर्दी गाउँपालिका निवासी लाल बहादुर तामाङ फरार छन् । उनको खोजी.कार्य भईरहेको प्रहरीले जनाएको छ ।
खबरकुञ्ज