बेसीशहर, बैशाख २२ गते । लमजुङमा यही आउँदो जेठ ४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा जेठ ४ देखि ६ सम्म मध्यनेपाल नगरपालिकाको भोर्लेटारमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको हो ।
समितिका उपाध्यक्ष अमृता पौडेलले प्रतियोगितामा महिला तथा पुरुष भलिबल, एथलेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, १०० x ४ र ४०० x ४ रिले, सटपुट, ज्याबलिङ थ्रो, हाइजम्प र लङजम्प लगायतका खेलहरु हुने जानकारी दिइन् ।
उपाध्यक्ष पौडेलले प्रतियोगितामा सहभागिता जनाउनका लागि जिल्लाका ८ वटै स्थानीय पालिकाहरूलाई पत्राचार गरिएको र पालिकास्तरीय राष्ट्रपति शिल्डमा उत्कृष्ट भएका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने जानकारी दिइन् ।
5 May 2025
खबरकुञ्ज