रास्वपाको गण्डकी प्रदेश समिति र विभागमा लमजुङबाट ६ जना मनोनित

खबरकुञ्ज

बेसीशहर, जेठ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश समिति र यस अन्तर्गतका विभिन्न विभागमा लमजुङबाट ६ जना मनोनित भएका छन् ।

यही जेठ ९ र १० गते स्याङ्जा को सिरूबारी मा सम्पन्न भएको रास्वपाको गण्डकी प्रदेश समिति को पूर्ण बैठकले लमजुङ जिल्ला बाट ६ जनालाई गण्डकी प्रदेश समिति तथा बिभाग अन्तर्गत विभिन्न पदमा मनोनित गरेको हो ।

वैठकले हरिबहादुर धिताललाई प्रदेश समितिको सचिवालय सदस्यमा मनोनित गरेको छ । त्यस्तै भरत भण्डारी प्रदेशको शिक्षा विभाग प्रमुखमा मनोनित भएका रास्वपा लमजुङका अध्यक्ष अशोक सापकोटाले जानकारी दिए ।

वैठकले गोविन्द गुरुङलाई नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा र लक्ष्मण चिलुवाललाई जनसम्पर्क विभागको उपप्रमुखमा मनोनित गरेको सापकोटाले जानकारी दिए । वैठकले ध्रुब ढकाललाई उद्योग तथा बाणिज्य विभागको सदस्य, तीर्थराज बस्नेतलाई उत्पादन प्रबद्र्धन विभागको सदस्य र राजु रिमाललाई युवा तथा खेलकुद विभागको सदस्यमा मनोनित गरेको सापकोटाले बताए ।

रास्वपा जिल्ला कार्य समितिले प्रदेश समितिको विभिन्न पदमा मनोनित भएका सबैमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।

प्रतिक्रिया