सुन्दरबजार, कार्तिक ५ गते । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियन लमजुङका वर्तमान अध्यक्ष एवं न्यूजपेटिका डटकम तथा लमजुङ पत्र साप्ताहिकका सम्पादक अग्रज पत्रकार सन्तोष पौडेललाई पित्रृशोक परेको छ ।
पौडेलका पिता सुन्दरबजार ४ दुराडाँडा निवासी रामप्रसाद पौडेलको ८६ बर्षको उमेरमा आइतबार राती सुन्दरबजार ६ स्थित निवासमा निधन भएको हो । उनको सोमबार मस्र्याङदी र पाउँदी नदीको संगममा रहेको चिरशान्ति पार्कमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनको शबमा छोराहरु सन्तोष पौडेल र सञ्जु पौडेलले दागबत्ती दिएका थिए ।
स्वर्गिय पौडेलका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
21 Oct 2024
खबरकुञ्ज