बेसीशहर, मंसिर २६ गते । लमजुङका चार जना पत्रकारहरु सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ लमजुङको बुधवार आयोजित १६ औं साधारण सभा एवं आठौं अधिवेशनका क्रममा पत्रकार कृष्ण केसी र किसान संगीत नेपाली, आस गुरुङ (बाबु) र निरज अधिकारी सम्मानित भएका हुन् ।
झण्डै तीन दशकदेखि पत्रकारिता गरिरहेका पत्रकार केसी र नेपालीले विकास पत्रकारिता पुरस्कार पाएका हुन् । पुरस्कारको राशी १० हजार १०१ र सम्मानपत्र रहेको छ ।
यसैगरि २ हजार ५०५ रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार आस गुरुङ बाबु सम्मानित भए । त्यस्तै नै राशीको सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार निरज अधिकारीले पाए ।
बुधवार बेसीशहरमा आयोजित भब्य समारोहबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले पुरस्कृत ब्यक्तित्वहरुलाई पुरस्कार सम्मान पत्र वितरण गरी सम्मान गरेका हुन् ।
11 Dec 2024
खबरकुञ्ज