बेसीशहर, साउन २८ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छामा रुखले किचेर एक ८२ बर्षिया बृद्धाको मृत्यु भएको छ ।
सोमबार दिउसो साढे ३ बजे स्थानीय लीलावती मिश्रको रुखले किचेर मृत्यु भएको हो । घर भन्दा करीब १ सय मिटरको दुरीमा रहेको कुवामा पानी भर्न गएकी मिश्रलाई कुवा भन्दा माथि रहेको काप्रोको रुख ढलेर रूखकाे हाँगाले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नाबारे जानकारी पाउना साथ घट्नास्थल पुगेको प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।
मृतक लीलावती स्थानीय समाजसेवी एवं पूर्व शिक्षक शुभनाथ मिश्रको श्रीमति रहेको खुलेको छ । ढलेको काप्रोको रुख निकै बुढो भएको र धोद्रिएर ढलेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
खबरकुञ्ज