गुडिरहेकाे बसमा करेण्ट लागेपछि सल्यानमा दुई जनाको मृत्यु

सल्यान ।  सल्लायनमा गुडिरहेकाे यात्रुवहाक बसमा बिहीबार करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा  सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेण्ट लागेकाे थियाे । बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा बसले छाेएपछि बसमा करेण्ट प्रवाह भएकाे बताइएकाे छ ।

घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र उनका छाेरा टोपीलाल डाँगीको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको  छ ।

प्रतिक्रिया