साताैं बार्षिकाेत्सवमा रिलायबल इन्स्युरेन्सद्वारा सुन्दरबजारमा डस्टविन वितरण

खबरकुञ्ज

सुन्दरबजार, भदौ १७ गते । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आठौं बर्षमा प्रबेश गरेको अबसरमा कम्पनीको सुन्दरबजार शाखाले सुन्दरबजारमा डस्टविन वितरण गरिएको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुन्दरबजार नगरपालिकाको वडा नं. ६ मा ४ थान र वडा नं. ७ मा ४ थान गरी ८ वटा डष्टबिन वितरण गरेको हो । 

सोमबार सुन्दरबजारमा आयोजना गरिएको छुट्टाछुट्टै कार्यक्रमबीच कम्पनीका सुन्दरबजार शाखा प्रबन्धक सुनिल श्रेष्ठले  सुन्दरबजार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेशबाबु कोइराला र सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मिलाई डस्टविन हस्तान्तरण गरे । 

उनले संस्थाको सातौं बार्षिकोत्सवका अवसर पारेर सानो भने पनि सामाजिक काम गर्न डस्टविन वितरण गरिएको भन्दै आगामी दिनमा सुन्दरबजारको सामाजिक क्षेत्रमा अरु धेरै कामका लागि सहकार्य गर्न कम्पनी तयार रहेको बताए ।

सोे कार्यक्रममा  सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले रिलायबलको डस्टबिन सहयोगले वातावरण  सरसफाईमा मद्दत पुग्ने भन्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सुन्दर नगरपालिका वडा नम्बर ७ बीच पारस्परिक सम्बन्धको बिकास भइ आगामी दिनमा थप सहयोग आदनप्रदान हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जीवन बिमा कम्पनीहरुको भीडमा उत्कृष्ट मध्येमा पर्न सफल रिलायबल नेपालले आफ्नो बार्षिकोत्सबका अबसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत डस्टबिन बितरण गर्नु सकारात्मक भन्दै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । 


प्रतिक्रिया