राइनास भदौ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाइ अब कसैले रोक्न छेक्न नसक्ने बताएका छन् ।
लमजुङको राइनास नगरपालिकामा शनिबार आयोजित बृहत आमसभामा बोल्दै सभापति लामिछानेले देशलाइ साँच्चिकै माया गर्ने र देशलाइ प्रगतिको पथमा लम्केको हेर्न चाहनेहरू रास्वपामा जोडिएको भन्दै रास्वपाको उभारलाइ कसैले रोक्न नसक्ने बताएका हुन् ।
सो अवसरमा बोल्दै उनले रास्वपाको लोकप्रियतालाइ रोक्न जतिसुकै घेराबन्दी गरे पनि, बदनाम, चरित्रहत्या गर्न खोजे पनि र जति सुकै मुद्दा हालेर जतिसुकै घेराबन्दी गरे पनि देश बनाउने अभियान अब नरोकिने बताए ।
सभापति लामिछानेले जनता जाग्दै गएकाले जनताको यो जागरणालाइ कुनै शक्तिले रोक्न नसक्ने भन्दै यही जागरणका लागि झकझकाउन आफू लमजुङमा आएको बताए । उनले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउँदै एउटा युग पर्खेर जनताले रास्वपालाई भरोसा गरेका र याे भराेसालाइ डगमगाउन नदिने बताए।
विगतमा धेरै पार्टी र नेताहरूलाइ नेपाली जनताले विश्वास गरेका भन्दै लामिछानेले ती दल र नेताहरूले देशका लागि बेथिति, भ्रष्टाचार र गरिबी बाहेक केही दिन नसकेकाले जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनले साे अवसरमा बताए ।
संसारको हरेक सुख सयल त्यागेर पनि देश बनाउनका लागि विदेशिएका सयाै नेपालीहरू स्वदेश फर्केर रास्वपाकाे अभियानमा जाेडिन थालेको भन्दै उनले सुशासन र समृद्धिको लागि रास्वपा नै चाहिने र रास्वपालाइ जनताको माया र साथको जरूरत पर्ने बताए ।
उनले भने– " यो देश बन्नै नसक्ने देश होइन, यो भन्दा पनि श्रोत साधाननभएका, हरिकंगाल देशले पनि उन्नति प्रगति गरेका छन् । ती देशमा इमान्दार र भिजन भएका मान्छेहरू नेतृत्वमा आए, अब्बल मान्छेहरू नेतृत्वमा गए र आफ्रनो पेट नभरी, जनताको पेट भरे, जनताका छोराछोरीलाइ गुणस्तरीय शिक्षा दिए, अनि ती देशले प्रगति गरे, तर हाम्राे देशमा त्यसकाे उल्टाे भयाे नेताहरूले आफ्नै मात्र पेट भरे देश र जनता गरिब भए ।"
पछिल्लाे समय राम्रो पैसा कमाउने अवस्था हुँदा हुँदै थुप्रै शिक्षक, इन्जिनियर, डाक्टर, पत्रकार वकिलहरू रास्वपामा जोडिएको भन्दै उनले डा. स्वर्णिम वाग्ले, साेविता गाैतम, ताेसिमा कार्की, विराजभक्त श्रेष्ठ, सन्ताेष परियार जस्ता युवाहरू रास्वपामा जाेडिएर संसदकाे गरिमा बनेकाे बताए ।
सभापति लामिछानेले रास्वपामा गलत नियतले फाइदा लुट्न आउनेलाइ स्थान नरहेकाे प्रष्ट पारे । उनले पवित्र मनभएका, क्षमता भएका र देश र जनतालाइ केही गर्छु भन्ने भावना राख्नेहरूलाइ रास्वपाले सम्मानका साथ पार्टीमा उचित स्थान दिने पनि स्पष्ट पारे ।
सभापति लामािछानेले गतल नियत पालेर र अरू पार्टीमा जस्तै फाइदा लिन गलत नियतकासाथ पार्टीमा आउन चाहनेका लागि रास्वपामा ठाउँ नभएको स्पष्ट पारे । उनले भने– "देशका लागि केही गरौं भन्ने क्षमतावान साथीहरूलाइ स्वागत छ । यही देशमा सम्भावना खोज्ने हो, यै देशलाइ बनाउने हो, हामी मिलेर लाग्ने हो भने देश बन्छ, हामी नै बनाउन सक्छौं, यसका लागि सबै एकजुट हुनुपर्छ, दोमन नगर्नुस दरोसंग रास्वपालाइ साथ दिनुस, हामीलाइ पथ प्रदर्शन गर्नुहोस् ।"
सभापति लामिछानेले देशलाइ पुराना पार्टीका नेताहरूले खोक्रो बनाइसकेका आरोप लगाएर उनले भने अब पनि यिनको विकल्प नखोज्ने हो भने र ढिला गर्ने हो भने हेर्न बाँकी के रहन्छ र रु तपाइँहरूले पुराना पार्टीका नेताहरूको चर्का भाषण सुन्नुभयो, भाषण गर्नेलाइ हेर्नुभयो, मत दिनुभयो तर के पाउनुभयो ? अझै पनि यो देश किन अघि बढ्न सकेन ?
कार्यक्रममा बाेल्दै रास्वपाका नेता तथा तनहूँ १ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले कांग्रेस कम्युनिष्टहरूबाट देश विकास र परिवर्तन सम्भव नभएकाे भन्दै आफू पनि त्यही देखेर कांग्रेस छाेडर रास्वपामा लागेकाे बताए । उनले कांग्रेस एमाले माओवादीहरू सुध्रिएनन, विकृति, बिसंगति, भ्रष्टाचारले तिनलाइ यति थिचेकाे छ कि ति बाट देश बन्ने आशा अब कत्ति बाँकी छैन । हिजाे राम्रै नियतले राजनीतिमा लागेकाहरू पनि अब सुध्रिनै नसक्ने गरी बिग्रिएका भन्दै रास्वपाबाट मात्र अब देशकाे परिवर्तन सम्भव रहेकाे दावी गरे ।
हाम्रै जीवन कालमा देश बनाउनु पर्छ भन्दै उनले याे देश बनाउनका लागि धेरै समय बाँकी नरहेकाे बताए । अहिले देशले गरीबीमा अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेकाे भन्दै देशलाइ बनाउन केही गराै भन्ने हुटहुटी भएकाहरू रास्वपाकाे अभियानमा जाेडिनु पर्ने बताए ।
कार्यक्रममा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकाेटी, गण्डकी प्रदेशका सभापति राजन गाैतम लमजुङ जिल्लाका संयाेजक धर्म केसी, सहसंयाेजक अशाेक सापकाेटालगायतले मन्तब्य राखेका थिए । कार्यक्रम राइनास नगर कमिटीका सभापति पद्मराज पन्थीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
भिडियाे हेर्नुहाेस् ।