बेसीशहर, पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेसीशहर नगर समितिको सभापतिमा कृष्ण राउत निर्वाचित भएका छन् । हालै सम्पन्न बेसीशहर नगरपालिकाको प्रथम नगर अधिवेशनले राउतको नेतृत्वमा नयाँ नगर समिति निर्वाचित गरेको हो ।
अधिवेशनबाट नगर उपसभापतिमा ईश्वर अधिकारी सचिवमा बिष्णु घिमिरे सह सचिवमा हरिप्रसाद अधिकारीलाई निर्वाचित गरेको छ । समितिका सदस्यहरुमा बुद्ध सेढाई, कल्पना बिक, पद्मा राउत, भगबतसिंह अर्याल, अहलदिन मिया र बृष ब गुरुङ निर्वाचित भएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद सोविता गौतमको प्रमुख आतिथ्यमा रास्वाले प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनको उद्घाटन सत्रमा दर्जनौंले रास्वपा प्रवेश गरेका थिए । नवनिर्वाचित नगर समितिका सभापति लगायत पदाधिकारी एवं सदस्यहरुले संगठन सुदृढिकरण अभियान सञ्चालन गरी बेसीशहरमा रास्वपालाई पहिलो दलको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।
खबरकुञ्ज