बेसीशहर ११ मा रास्वपाकाे वडा कमिटी गठन, सुशासन कायम गरी समृद्ध नेपाल बनाउन रास्वपाकाे गठन भएकाे प्रमुख सचेतक परियारकाे भनाइ

चिती । छोटो समयमा जनताको प्रिय पार्टी बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारको अभियानलाइ थप तीब्रता दिएको छ । यस क्रममा रास्वपाले शनिबार राइनास नगरपालिकामा पार्टी सभापति रवि लामिछाने र सांसद तथा अर्थवीद डा। स्वर्णिम वाग्लेको उपस्थितमा भब्य सभा सम्पन्न गर्नुका साथै चितीमा वडा भेला सम्पन्न गरेको छ ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ मा पर्ने चितीको तिलाहार बजारमा शनिबार भब्य समारोहबीच रास्वपाको वडा भेला तथा वडा समिति गठन भएको हो । पार्टीक केन्द्रीय सदस्य एव संघीय संसदमा रास्वपापाका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यमा र अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाको आतिथ्यमा भेला सम्पन्न भएको हो ।



वडा भेलामा मन्तब्य राख्दै प्रमुख सचेतक परियारले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपालको निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको बताए । उनले लोकतन्त्रमा जनताहरू बलियो हुनुपर्नेमा नेताहरू मात्रै बलियो र देश तथा जनता गरिब हुँदै गएकोले देश बनाउन रवि लामिछानेको नेतृत्वमा रास्वपाको  गठन भएको स्मरण गरे ।  उनले भ्रष्टाचार, ढिलासुस्ती, गरिबी हटाएर देशमा सुशासन कायम गरी समृद्ध नेपालको निर्माण राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा मात्र सम्भव भएको भन्दै शुरूमा प्रजातन्त्र, त्यसपछि लोकतन्त्र र गणतन्त्र आएपछि मात्र देश बन्छ भन्ने दलका नेताहरूले देशलाइ झन झन खोक्रो बनाउँदै लगेकोले रवि लामिछानेको नेतृत्वमा आफूहरू राजनीतिमा आउनु परेको बताए ।

सो अवसरमा पार्टीको केन्द्रीय अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भ्रष्टाचारकाे अन्त्य गरी समुन्नत र सुसंस्कृत मुलुक बनाउन रास्वपाकाे गठन भएकाे भन्दै पुराना पार्टीहरूबाट देशकाे विकास र परिवर्तन अब सम्भव नरहेकाे चर्चा गरे ।


रास्वपाका जिल्ला संयोजक धर्म केसीले गएकाे मंसिरकाे निर्वाचनमा प्रचारका लागि ५– ७ जना मात्र हिड्दा पनि नौ हजार बढी सदर मत पाएको स्मरण गर्दै अबकाे निर्वाचनमा रास्वपालाइ कसैले छेक्न नसक्ने दावी गरे । उनले अब अाउने स्थानीय निर्वाचन र संघीय निर्वाचनका लागि अहिले देखि नै तयारी थाल्नु पर्ने भन्दै याेग्य ब्यक्तिहरूकाे रास्वपाले सदैव कदर गर्ने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सदस्य कैलाश सिलवाल, लमजुङ निर्वाचन क्षेत्र समितिका सदस्य भोला शर्मा लगायतले मन्तब्य राखेका थिए ।

भेलाले ईन्जिनियर मिलन कमलीको अध्यक्षतामा वडा कमिटी गठन गरेकाे छ । वडा समितिको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा सुवास तामाङ र सदस्यहरूमा कृष्णबहादुर भण्डारी, उत्तमराज पाण्डे, सीता भुजेल, भीमबहादुर क्षेत्री, भगवान सिलवाल, उद्धवराज सेढाई, कृष्णबहादुर तामाङ र सुकलाल विक चयन भएका छन् ।

भेलाले रामचन्द्र बस्नेत, रामजी पाण्डे र प्रेमबहादुर बोगटीलाइ सल्लाहकारमा चयन गर्नुका साथै दिनेश सिलवाल, सुरेन्द्र पन्त, राजन तामाङ र रामजी जोशीलाइ पालिका विभागकाे सदस्यमा चयन गरेकाे छ ।

प्रतिक्रिया