रास्वपा वडा समितिद्वारा बेसीशहर बजार सरसफाइ

बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार बेसीशहर बजारकाे सरसफाइ गरेकाे छ ।

रास्वपा बेँसीशहर नगर कमिटी अन्तर्गत वडा नं ८ ले प्रत्येक शनिबार सामजिक कार्यलाई अभियान को रूपमा लैजाने निर्णय गरे अनुसार बजार सरसफाई कार्यक्रम गरेकाे हाे । वडा कार्य समितिका सभापति ध्रुब ढकालकाे नेतृत्वमा रास्वपाका सदस्यहरूले बेसीशहरकाे वडा नंं ८ स्थित भीमसेन स्थान, नारायणस्थान चाेक, फूलबारी, झिंगेखाेला लगायतकाे स्थानमा सरसफाइ गरेका हुन् ।


८ नं. वडा कार्य समितिले अबका दिनमा प्रत्येक शनिबार तथा बिदाका दिनहरुमा वडाका जनतासंग छलफल गरी जनतासंग प्रत्यक्ष सम्बन्धित समस्याहरु रचनात्मक ढंगले न्युनिकरण गर्ने र अन्य सामाजिक कामहरुलाई समेत स्थानीयबासीकै सरसल्लाहमा निरन्तरता दिने वडा कार्य समितिका सभापति ध्रुब ढकालले जानकारी दिए ।


यसैबीच रास्वपा जिल्ला कार्य समितिका सहसंयाेजक अशाेक सापकाेटाले वडा कार्य समितिकाे कामकाे प्रशंसा गर्दै यस्ता रचनात्मक काममा सबै पालिका र वडा कार्य समितिलाइ यस्तै रचनात्मक र सामाजिक काम गर्न अनुराेध गरेका छन् ।

प्रतिक्रिया