काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाइ राज्यले नै फसाएकाे कांग्रेसकै नेताहरूले दावी गरेका छन् ।
नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति वैठकमा पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता खाँणलाइ झुटा मुद्दामा फसाइएकाे भन्दै खाणमाथि ठूलाे अन्याय भएकाे दावी गरेका हुन् । वैठकमा बाेल्दै उनले खाँण माथि लगाइएकाे आराेपमा अहिलेसम्म कुनै ठाेस प्रमाण नभेटिएकाे दावी गरे । उनले खाँणमाथि थप राजद्रोह पनि लगाइएकोमा आपत्ती जनाए ।
खाँण पार्टी परिवारकाे मान्छे भन्दै यादवले पार्टीका धेरै नेता कार्यकर्ताको धेरै संरक्षण खाणबाट हुँदै आएकाेले सके सहयाेग गर्न र नसके असहयाेग पनि नगर्न अाग्रह गरे ।
जारी केन्द्रीय समिति वैठकमा नेता अर्जुन नरसिंह केसीले भने ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले लिएको मौनताले पार्टीलाइ ठूलै क्षति पुग्ने चेतावनी दिएका छन् । यी बिषयमा पार्टी मौन रहँदा नेपाली कांग्रेस भ्रष्टाचारको संरक्षक रहेको आरोप लागेकाे उनले बताए ।