नेकपा एमाले लमजुङकाे नवाैं अधिवेशनः मतदान प्रारम्भ, १ उपसचिव, ५५ सदस्य र लेखा कमिटी निर्विराेध

बेसीशहर, चैत १८ गते । नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौं अधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रारम्भ भएकाे छ । निर्वाचन कमिटीका अनुसार पदाधिकारीमा एक उपसचिव सहित ५५ जना सदस्य र लेखा कमिटीमा अध्यक्ष,उपाध्यक्ष,सचिव र एक जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।


निर्वाचन कमिटीका अनुसार महिला उपसचिव पदका लागि राममाया थापाा मगर निर्विरोध निर्वाचित भएकी हुन् । उपसचिव पदमा उमेदवारी दिएकी राधिका पराजुलीले उमेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

जारी निर्वाचनमा भौगोलिक क्षेत्र सदस्य पदका लागि मध्यनेपाल नगरपालिका, राईनास नगरपालिकाबाट ५ जना,(युवामा मनोनयन नपरेको), मस्र्याङदी गाउँपालिका, दोर्दी गाउँपालिका र क्व्होंलसोंथार गाउँपालिकाबाट ६/६ जना तथा दूधपोखरी गाउँपालिकाबाट ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मध्यनेपालबाट खुल्लातर्फ विष्णुभक्त पौडेल, अमृतबहादुर तामाङ, नरबहादुर गुरुङ, महिलातर्फ शारदा साँखी र कमला थापा तथा युवामा सुदिप थापा निर्विरोध निर्वाचित भए । राइनास नगरपालिकाबाट खुल्लातर्फ जीवनज्योति सिर्मल, ई.प्रकास न्यौपाने र पृथ्वीराज गुरुङ, महिलातर्फ शोभा पन्थी चिलुवाल र विष्णुमाया गुरुङ निर्विरोध निर्वाचित भएका छन् । राईनासबाट भूगोल युवामा मनोनयन नै परेन ।

सुन्दरबजार नगरपालिकाबाट भने खुला युवातर्फ मात्र सागर खड्का निर्विरोध निर्वाचित भएका छन् ।

क्व्होलसोंथार गाउँपालिकाबाट खुलातर्फ नन्दजंग गुरुङ, आशबीर गुरुङ, गीतबहादुर गुरुङ, महिलातर्फ गीतकुमारी गुरुङ र कुमारी मुनी गुरुङ र युवातर्फ हेमन्ता गुरुङ निर्विरोध भए ।

मस्र्याङदी गाउँपालिकाबाट खुलातर्फ वगबहादुर गुरुङ, कृष्णबहादुर विक, युवा घले, महिलामा हिरादेवी घले र अमृता पोखरेल र युवातर्फ नवीनराज कुइँकेल निर्विरोध निर्वाचित भए । दोर्दीबाट खुलातर्फ कृष्णप्रसाद पौडेल, सन्तबहादुर गुरुङ र युवराज अधिकारी, महिलातर्फ ईन्दिरा लम्साल अधिकारी, र उषा गुरुङ र युवातर्फ सुजन अधिकारी  निर्विरोध भए ।

दूधपोखरी गाउँपालिकाबाट खुलातर्फ रामचन्द्र दवाडी, तेजबहादुर गुरुङ र कुलबहादुर गुरुङ, महिलातर्फ सगुन गुरुङ र युवातर्फ लक्ष्मी दवाडी निर्विरोध भए ।

खुल्ला दलिततर्फ रोनिश परियार र गोपााल नेपाली तथा महिलातर्फ कृष्ण नेपाली र लक्ष्मी रम्तेल निर्विरोध भए ।

खुुल्ला युवातर्फ योगबहादुर गुरुङ, आशबहादुर गुरुङ, सुर्यकला थापा र बबिता मजाकोटी सार्की निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला जनजातितर्फ आशा तामाङ र उषा गुरुङ, जिल्ला खुला सदस्य (समावेशितार्फ) लिलबहादुर गुरुङ, रामकुमार श्रेष्ठ, सुरेश दुरा, खोमाया तामाङ र सुभद्रा भुजेल निर्विरोध निर्वाचित भएका छन् । खुल्ला दलितको ३ कोटामा सुलबहादुर विक, सरोज विक र बिमला हिमाली निर्वाचित भए ।

खुल्ला अल्पसंख्यक/अपांगतर्फ नौबहादुर दुरा, मुस्लिमतर्फ रहमत खान मिया निर्विरोध भएका छन् ।

लेखा कमिटीको अध्यक्षमा ईश्वर पौडेल, उपाध्यक्षमा डिल्लीराम भारती, सचिवमा विश्वप्रसाद अधिकारी र खुल्ला महिला सदस्यमा मिना कुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन् । लेखा समितिको थप १ सदस्य पदमा ३ जनाको मनोनयन परेपछि यस पदमा भने मतदान हुने भएको छ ।

प्रतिक्रिया