ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं। उत्तरी लमजुङकाे सिउरीखाेलामा ४.९५ मेगावाट क्षमताकाे जलविद्युत याेजना निर्माण गरेकाे ङादी ग्रुप पावर लिमिटेड(एनजीपिएल)ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीकाे सञ्चालक समितिको आइतबारको बैठकले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले संचालन गरेको आयोजना मर्मत सम्भार गर्न, तिर्न बाँकी ठाउँमा भुक्तानी गर्न तथा नयाँ आयोजनामा लगानी गर्न कम्पनीको सञ्चित मुनाफा तथा बैंकबाट मात्र सबै रकम जोहो गर्न नसकिने भन्दै दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले विद्युत नियमन आयोगको अनुमतिसँगै नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति पाएपछि मात्र उक्त हकप्रद सेयर सर्वसाधारणमा जारी गर्ने बताएकाे छ।

हाल कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ८५ करोड छ। शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड पुगी सेयर बजारमा कम्पनीको सेयर सप्लाइ पनि ह्‍वात्तै बढ्ने छ।

कम्पनीले गत साउन १८ गतेबाट १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

प्रतिक्रिया